Home मुख्य समाचार जेसीआई हेटौंडाको अध्यक्षमा श्रवण कुमार बर्तौला सर्वसम्मत निर्वाचित

जेसीआई हेटौंडाको अध्यक्षमा श्रवण कुमार बर्तौला सर्वसम्मत निर्वाचित

श्रवण कुमार बर्तौला

हेटौंडाः जेसीआई हेटौंडा वर्ष २०२३ का लागि अध्यक्षमा श्रवण कुमार बर्तौला सर्वसम्मत निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का आकांक्षी पंकज कुमार बनियाँले शनिबार बिहान उम्मेदवारी फिर्ता लिएसँगै बर्तौला सर्वसम्मत निर्वाचित हुने निर्वाचन आयुक्त राजदेव बनियाँले जानकारी दिनुभयो । जेसीजको कार्यकाल एक वर्षको हुनेछ ।

यसअघि शुक्रबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा उपाध्यक्षतर्फ पनि ४ जना सर्वसम्मत निर्वाचित भएका थिए । उपाध्यक्षमा सन्तोष पराजुली, मिलन ढकाल, सञ्जय न्यौपाने र राजुप्रसाद श्रीवास्तव सर्वसम्मत चयन भएका छन् । यता २ जना कार्यकारिणी उपाध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । कार्यकारिणी उपाध्यक्ष चयनका लागि शनिबार दिउँसो साढे १२ बजेबाट मतदान सुरु हुने निर्वाचन आयुक्त बनियाँले बताउनुभएको छ ।

कार्यकारिणी उपाध्यक्षमा विवेक आनन्द न्यौपाने, विकेश लाल श्रेष्ठ, संगीत श्रेष्ठ र अमृत बर्तौलाको उम्मेदवारी दर्ता गराएका छन् । जेसीआई हेटौंडामा १ सय ५८ जना सदस्यले मतदान गर्न पाउनेछन् ।

Exit mobile version