हेटौंडाः जेसी आई बसामाडीको आयोजनामा जारी जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनल समीकरण पुरा भएकोे छ । शुक्रबार सेमिफाइनल अन्र्तगतका दुई खेल सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल समीकरण पुरा भएको हो ।
हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा बज्रवाराही युवा क्लबलाई हराउँदै विनयबाबु फाइनलमा प्रवेश गरेको छ । विनयबाबुले बज्रवाराहीलाई ३–१ को सेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा आमभञ्ज्याङ युवा क्लबलाई ३–२ सेटले हराउँदै आग्रा स्पोट्स क्लब फाइनलमा प्रवेश गरेको छ । अब उपाधीका लागि फाइनलमा शनिबार विनयबाबु र आग्राबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ६५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।