हेटौंडा: बिहीबारदेखि हेटौंडामा सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने दुर्व्यवहार विरुद्ध प्रशिक्षण कार्यक्रम सुरु भएको छ । मानव अधिकार संचार प्रतिष्ठानको आयोजनामा अलर्ट ईन्टरनेशनल र युरोपियन युनियनको सहकार्यमा २ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

बिहीबार सञ्चारकर्मी सरिता दाहालले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता र कानुनी प्राबधानबारे प्रशिक्षण दिनुभएको छ भने शुक्रबार प्रतिष्ठानकी कार्यक्रम संयोजक कामना न्यौपानेले पत्रकार महासंघको मोबाइल प्रयोग र उपयोगिताबारे प्रशिक्षण दिनुहुनेछ । माइती नेपालकी संयोजक माया लामाले युट्युवरहरुले पिडितलाई जन पिडित बनाएको बताउनुभयो । जसले समाजमा पारिवारिक, सामाजिक द्वन्दको अवस्था सिर्जना गरेको उहाँको भनाइ छ ।

संचार माध्यमको वर्गिकरण गरे जस्तै पत्रकारहरुको पनि वर्गिकरण गर्नुपर्ने प्रशिक्षणको क्रममा उहाँको भनाइ छ । युट्युवरहरुले पत्रकारिता पेशामै थप चुनौति थपिएको बताइएको छ । वास्तविक पत्रकारहरु छाँयामा परेको र अनलाइन खवरहरु पोर्टलहरुले समेत गलत समाचार प्रकाशन गरिरहेको बारे छलफल गरिएको छ ।