हेटौंडाः प्रतिवन्धित लागुऔषध गाँजाको धुलोसहित मकवानपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो साढे १ बजेको समयमा मनहरी गाउँपालिका–७ मा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको प्रतापपुर पोष्टबाट उप–सेनानि अनिल जिसिको कमाण्डमा खटिएको गस्ति टोलीले प्लास्टिकको ३ वटा बोरामा शंकास्पद सामान बोकी हिँडेको अवस्थामा मनहरी–७ का ३५ वर्षीय कृष्ण अधिकारी र ३५ वर्षकै कृष्ण राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले ३८ किलो लागुऔषध गाँजाको धुलो फेला पारेको, निजहरुको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।