गुगल तस्विर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्लेमा ट्वाइलेटमा लडेर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पिप्लेमा डेरा गरी बस्ने ओखलढुङ्गा जिल्लाका ४६ वर्षीय ज्ञान बहादुर कटुवाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा कटुवाललाई ट्वाइलेटमा लडेर बेहोस अवस्थामा भेटिएको थियो । कटुवाललाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा डाक्टरले आइतबार साँझ ७ बजे मृत्यु भएको घोषणा गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, आइतबार दिउँसो ३ बजेको समयमा बजे मनहरी गाउँपालिका वडा नम्बर ३ सिद्धकालीमा अरिगंलले टोक्दा २ घाइते भएका छन् । अरिगंलको टोकाईबाट ८६ वर्षीय कृष्ण प्रजा र निजको श्रीमती ७८ वर्षीय लक्ष्मी माया प्रजा घाइते भएका हुन् । उनीहरु बारीमा वस्तु चराउन जाँदा अरिंगलले टोक्दा बिरामी भई उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा ल्याईएको छ । उनीहरु दुबै जनाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यस्तै, आइतबार नै बिहान १२ बजेको समयमा राक्सिराङ गाउँपालिका वडा नम्बर ५ इन्चाराङमा आगलागी भएको छ । आगलागीका कारण २९ वर्षीय युनाइटेड प्रजाको कच्ची घर र गोठमा आगलागी भएको छ । आगलागीका कारण घरमा रहेको अन्नपात लत्ताकपडा र भाडाबर्तन पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी जनाएको छ ।