हेटौंडाः कतारमा जारी विश्वकप फुटबलमा स्वीट्जरल्याण्डले साँघुरो जित दर्ता गरेको छ । बिहीबारको पहिलो खेलमा स्वीट्जरल्याण्डले क्यामरुनलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा स्वीट्जरल्याण्डले अग्रता लियो । स्वीट्जरल्याण्डका लागि ब्रिल इम्बोलोले निर्णायक गोल गरे । स्वीट्जरल्याण्ड फिफा वरीयतामा १५ औं स्थानमा रहेको छ भने क्यामरुन ४३ औं स्थानमा रहेको छ ।
विश्वकप अन्तर्गत नै बिहीबार नै साँझ ६ बजेर ४५ मिनेटमा समूह ‘एच’ मा रहेको उरुग्वेले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार हुने तेस्रो खेलमा समूह “एच” मा रहेको पोर्चुगलले घानासँग प्रतिस्पर्धा गर्नेछ । सो खेल नेपाली समय अनुसार राती ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यस्तै चौथो खेलमा ब्राजिलले सर्यिबासँग भिड्ने छ । उक्त खेल नेपाली समय अनुसार राती १२ बजेर ४५ मिनेटमा लुसैल रंगाशालमा हुनेछ ।