आजको बिहानी आजको दिन प्रभाती बेला अरुण सरको नाटक ज्वाला सबैको सामु हातमा दिने हो व्यवस्थापन प्रसाद श्याम यो प्रतिष्ठानले गर्ने नै भयो खुसीको साथ आनन्दी मनले ।। श्री राधेश्याम जिल्लामा धेरै प्रख्यात व्यक्ति हुन् ऋरुण तथा बरुण दुई विद्वान पुत्र छन् पहिलै देखि सुधारवादी मान्छेमा गनिन्थे श्रीराधेश्याम यी खतिवडा जिल्लामै चिनिन्थे ।। समाजभित्र रहेको धेरै विकृति विरुद्ध लगेको हुँदा रिस नै गर्थे गाउँका सामन्त धनिले गर्ने गरिबलाई बहुत शोषण देखेर उनी विरोध गर्थे नसकी सहन ।। उनैको जेठो सुपुत्र छोरो बाबुको मार्गमा पछ्याई हिँड्दै गरेका पनि सुधार वादमा अरुण यौटा सर्वज्ञ मान्छे दुर्गण भेटिन्न बोलाई साथै गराई पनि भिन्नता देखिन्न ।। कुशल दक्ष शिक्षक उहाँ सम्पूर्ण विषय शिक्षण गर्दै साहित्यप्रति बचेको समय व्यतित गर्दै अहिले उहाँ न्यायिक क्षेत्रमा अन्यायीलाई दिलाई न्याय जनताको पक्षमा ।। नाटक ज्वाला निस्कनुभन्दा यो पदको चापको पुस्तक यौटा छपाई पनि सक्नु नै भएको निबन्ध साथै सुन्दर कृति यो आत्म परक चेतना मिल्ने सुधारवादी छपढ्न लायक ।। विद्यार्थी कालदेखि नै उहाँ प्रगतिवादको विचार बोक्ने प्रखर युवा पियारो सबैको हट्नु नै पर्छ विकृतिहरु विभिन्न थरिका अहिले पनि शोषित हामी फरक तरिका ।। अरुण ज्यूको किताव आज विमोचन हुने हो आत्मीय चित्र हौं हामी दुबैको जानु नै पर्ने भने प्रमुख व्यक्ति आउनु भयो डिआर पोख्रेल साहित्यकार गतिला मान्छे हुनेभो मंगल ।। डिआर सर विद्वान व्यक्ति हुन् समालोचक चितवन घर कमलवीर प्रखर चिन्तक उहाँको उपस्थितिले पनि बनायो उर्बर भव्यको साथ भएको कार्य अत्यन्त सुन्दर ।। साहित्य संस्था आबद्ध सबै उहाँकै स्वजन हरुको साथै अनन्य व्यक्ति लेखक विद्वान बाक्लो नै थियो योजमघट समय हतार सुरु नै भई सकेको थियो यो शुभ तिहार ।। समीक्षा गर्नु भएको थियो घनश्याम घिमिरे सरको साथै श्रीशान्ति प्रिय बहिनी नानीले किताव भित्र रहेको ज्ञान यसको उद्देश्य सबैको सामु छर्लङ्ग, पार्नु भएको रहस्य ।। मन्चन पनि भएको थियो यो ज्वाला नाटक यो कर्मचुली क्षेत्रको साथै अन्यत्र प्रभाव परेको हुँदा त्यहाँका मान्छे भएका सचेत उहिल्यै भए चेतनशील त्यहाँका जनता ।। ज्वालाको देन ठूलो छ त्यता जनमत संग्रह हुँदामा धेरै खसेको मत पक्षमा बहुल राज्यको दृष्टि फरक थियो व्यवस्था विरोधी भनेर भन्थे ती केही मान्छे गर्दथे सुराकी ।। समीक्षा मैले गरेको हैन मनमा लागेको कुरा नै मात्र लेखेको मैले सुनेको जानेको यो जिल्ला भित्र थोरै नै विधा पर्नेमा नाटक थपियो अर्को सृजना राम्रो मन भो हर्षित ।। आगामी दिन चेतनामुखी सिर्जना सिर्जियुन् यसले अझैं उहाँको छवि शिखर चुलियुन् पठन गर्न पाईयोस् अर्को सुन्दर कहानी उत्साह प्रद सुखद भयो आजको बिहानी ।। –जनार्दन खनाल बकैया –४ छतिवन

आजको दिन प्रभाती बेला अरुण सरको
नाटक ज्वाला सबैको सामु हातमा दिने हो
व्यवस्थापन प्रसाद श्याम यो प्रतिष्ठानले
गर्ने नै भयो खुसीको साथ आनन्दी मनले ।।

श्री राधेश्याम जिल्लामा धेरै प्रख्यात व्यक्ति हुन्
ऋरुण तथा बरुण दुई विद्वान पुत्र छन्
पहिलै देखि सुधारवादी मान्छेमा गनिन्थे
श्रीराधेश्याम यी खतिवडा जिल्लामै चिनिन्थे ।।

समाजभित्र रहेको धेरै विकृति विरुद्ध
लगेको हुँदा रिस नै गर्थे गाउँका सामन्त
धनिले गर्ने गरिबलाई बहुत शोषण
देखेर उनी विरोध गर्थे नसकी सहन ।।

उनैको जेठो सुपुत्र छोरो बाबुको मार्गमा
पछ्याई हिँड्दै गरेका पनि सुधार वादमा
अरुण यौटा सर्वज्ञ मान्छे दुर्गण भेटिन्न
बोलाई साथै गराई पनि भिन्नता देखिन्न ।।

कुशल दक्ष शिक्षक उहाँ सम्पूर्ण विषय
शिक्षण गर्दै साहित्यप्रति बचेको समय
व्यतित गर्दै अहिले उहाँ न्यायिक क्षेत्रमा
अन्यायीलाई दिलाई न्याय जनताको पक्षमा ।।

नाटक ज्वाला निस्कनुभन्दा यो पदको चापको
पुस्तक यौटा छपाई पनि सक्नु नै भएको
निबन्ध साथै सुन्दर कृति यो आत्म परक
चेतना मिल्ने सुधारवादी छपढ्न लायक ।।

विद्यार्थी कालदेखि नै उहाँ प्रगतिवादको
विचार बोक्ने प्रखर युवा पियारो सबैको
हट्नु नै पर्छ विकृतिहरु विभिन्न थरिका
अहिले पनि शोषित हामी फरक तरिका ।।

अरुण ज्यूको किताव आज विमोचन हुने हो
आत्मीय चित्र हौं हामी दुबैको जानु नै पर्ने भने
प्रमुख व्यक्ति आउनु भयो डिआर पोख्रेल
साहित्यकार गतिला मान्छे हुनेभो मंगल ।।

डिआर सर विद्वान व्यक्ति हुन् समालोचक
चितवन घर कमलवीर प्रखर चिन्तक
उहाँको उपस्थितिले पनि बनायो उर्बर
भव्यको साथ भएको कार्य अत्यन्त सुन्दर ।।

साहित्य संस्था आबद्ध सबै उहाँकै स्वजन
हरुको साथै अनन्य व्यक्ति लेखक विद्वान
बाक्लो नै थियो योजमघट समय हतार
सुरु नै भई सकेको थियो यो शुभ तिहार ।।

समीक्षा गर्नु भएको थियो घनश्याम घिमिरे
सरको साथै श्रीशान्ति प्रिय बहिनी नानीले
किताव भित्र रहेको ज्ञान यसको उद्देश्य
सबैको सामु छर्लङ्ग, पार्नु भएको रहस्य ।।

मन्चन पनि भएको थियो यो ज्वाला नाटक
यो कर्मचुली क्षेत्रको साथै अन्यत्र प्रभाव
परेको हुँदा त्यहाँका मान्छे भएका सचेत
उहिल्यै भए चेतनशील त्यहाँका जनता ।।

ज्वालाको देन ठूलो छ त्यता जनमत संग्रह
हुँदामा धेरै खसेको मत पक्षमा बहुल
राज्यको दृष्टि फरक थियो व्यवस्था विरोधी
भनेर भन्थे ती केही मान्छे गर्दथे सुराकी ।।

समीक्षा मैले गरेको हैन मनमा लागेको
कुरा नै मात्र लेखेको मैले सुनेको जानेको
यो जिल्ला भित्र थोरै नै विधा पर्नेमा नाटक
थपियो अर्को सृजना राम्रो मन भो हर्षित ।।

आगामी दिन चेतनामुखी सिर्जना सिर्जियुन्
यसले अझैं उहाँको छवि शिखर चुलियुन्
पठन गर्न पाईयोस् अर्को सुन्दर कहानी
उत्साह प्रद सुखद भयो आजको बिहानी ।।