हेटौंडाः विवाह वर्षगाँठको अवसरमा हेटौंडाका एक दम्पत्तिले हेटौंडास्थित मानवसेवा आश्रममा आश्रितलाई खाना खुवाएका छन् । बिवाह वर्षगाँठको अवसरमा हेटौंडा–४ का शंकर न्यौपाने र रिता भण्डारीले आज मानवसेवा आश्रममा आश्रितका लागि एकछाक खानाका लागि १५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
न्यौपाने दम्पत्तिले मानवसेवा आश्रमलाई नियमित जसो सहयोग गर्दै आउनुभएको छ । जन्मदिन, विवाहोत्सव, पीतृका स्मृति तथा संघ, संस्थाको वार्षिकोत्सव तथा दिवसको अवसरमा मानवसेवा आश्रमलाई प्राप्त हुने सहयोग आश्रम सञ्चालनको प्रमुख स्रोतको रुपमा रहेको छ ।