जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक गरेको सूचना ।

हेटौंडाः आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरको ५ दिन सेवा बन्द रहने भएको छ ।

प्रशासनमा कार्यरत कर्मचारीहरु समेत मतदान केन्द्रमा खटिने भएकोले मंसिर १ गतेदेखि ५ गतेसम्म सेवा बन्द रहने सोमबार सूचना सार्वजनिक गरि जानकारी दिएको छ । निर्वाचनमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु प्रवाह नहुने सूचनामा उल्लेख छ ।