रक्तदान गर्दै ।

हेटौंडाः मकवानपुर गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आज शुक्रबार बृहत रक्तदान कार्यक्रम भएको छ । डेंगु संक्रमणको विशेष परिस्थितिमा बढ्दो रगत अभावलाई ध्यानमा राखी सहकारीको २५ औं रजत वर्षको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्त संचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । कार्यक्रम संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको हो ।