निर्मार्ण गरिएको सामग्री बारे जानकारी गराउँदै विद्यार्थी ।

हेटौंडाः विश्व विज्ञान दिवसको अवसरमा बिहीबार सोलिड्यारिटि इन्टरनेश्नल एकेडेमीमा विज्ञानका सामग्री निर्माण र प्रदर्शन गरिएको छ । विद्यालयका ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

विद्यार्थीहरुमा प्रविधि तथा विज्ञानको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो सीपको प्रयोगले पृथ्वीको नमूना, ज्वालामुखीको नमूना, जलचक्र, जेसीबि, रोवर्ट जस्ता विभिन्न विज्ञानसँग सम्बन्धित सामग्रीहरु तयार पारेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रिना आचार्य, विज्ञान शिक्षिका रिंकु बानियाँ, निमावि संयोजक तृष्णा बज्रचार्य, सह प्राध्यापक तथा तहगत संयोजकहरुको उपस्थिति रहेको थियो ।