हेटौंडाः आज शुक्रबार बिहान ८ बजेको समयमा हेटौंडा १० राप्तीमा हेटौंडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा मृत शिशु भेटिएको छ । ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडा उपमहानगरपलीकाको विभिन्न स्थानहरुबाट फोहोर जम्मा गरि फोहोर फाल्ने समयमा बोरामा मृत शिश भेटिएको हो ।
ट्र्याक्टरबाट फोहोर झारि जलाउने र नजलाउने फोहोर वर्गीकरण गर्ने क्रममा फोहोरको बोरा भित्र प्याक गरिएको अवस्थमा अन्दाजी ८÷९ महिनाको सालनाल सहितको शिशु (बालिका) मृत अवस्थामा फेला परेको थियो । फोहोरको बोरामा मृत शिशु भेटिएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमीरेसहितको टोली खटिएको थियो । घटना स्थलको मुचुल्का गरि लाश पोष्टमार्टमको लागी हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान भई रहेको छ ।