हेटौँडाः निरज श्रेष्ठको स्मृतिमा भइरहेको जिल्ला स्तरीय अन्तर विद्यालय टि–२० किक्रेट प्रतियोगितामा नवोदय शिशु सदनले विजयी सुरुवात गरेको छ । आज बिहीबार हेटौँडाको हुप्रचौरमा भएको खेलमा नवोदय शिशु सदनले कमाने एकेडेमी विरुद्ध ८ विकेटले बिजयी हात पारेको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको कमाने एकेडेमीले १३ ओभर २ बलमा अल आउट हुँदैै जम्मा ३० रनको तार्गेट दिएको थियोे । जसका लागि नवोदय शिशु सदनका बलर अजल मानन्धरले ३ विकेट, निर्भिक ग्यावालीले २ विकेट लिएका थिए । यस्तै जितको लागि पछाउदै गरेको नवोदय शिशु सदनले ७ ओभर २ बलमा २ विकेट गुमाउदै तार्गेट पुरा गरेको हो ।
जितको लागि नवोदय शिशु सदनका ब्याट्सम्यान प्रमिद कोइरालाले २२ रन बनाएका थिए । त्यस्तै म्यान अफ द म्याच नवोदय शिशु सदनका बलर अजल मानन्धर घोषित भएका छन् । त्यस्तै दोस्रो खेल जिएस निकेतन र सिदार्थ माबि बीच अहिले खेल भईरहेको छ ।