Home शिक्षा जलवायु सम्मेलनमा नवोदयको प्रस्तुती

जलवायु सम्मेलनमा नवोदयको प्रस्तुती

हेटौंडाः मधेश प्रदेशको राजधानी जनकपुरको मोनास्टिक स्कुलमा आइतबार र सोमबार भएको दुई दिने वातावरण सम्मेलनमा हेटौंडाको नवोदय शिशु सदन माविका विद्यार्थीले प्रस्तुती गरेका छन् । जनकपुरको मोनाष्टिक स्कुलले आयोजना गरेको जलवायु सम्मेलनको नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हइलले उद्घाटन गर्नुभएको थियो ।

राजदुत हइलले शिक्षा मात्र नभई प्रकृति संरक्षणमार्फत भविष्यको सन्तति जोगाउन सकिए आगामी दिन सुखद् रहने कुरालाई उजागर गर्दै विद्यालयले शिक्षा मात्र नभई आगामी पुस्ताका लागि गुणस्तरीय प्रकृति संरक्षण अभिभारा समेत हरेक नागरिक र संघ संस्थाले जोगाउन आवश्यक रहेको बताउनुभएको थियो । “भविष्यका सन्तानका लागि प्रकृतिको संरक्षण” नारा दिएर आयोजना गरिएको सम्मेलनमा प्रकृतिको संरक्षण सम्बन्धमा माटाका सामग्री निर्माण र प्रदर्शनीमा प्रतिस्पर्धा गराइएको थियो ।

नवोदय विद्यालयका रायन खनाल एक्सटेम्पोरी स्पिज र पेपर प्रिजिन्टेसनमा द्वितीय हुँदा नवोदय विद्यालय समग्रमा नै स्कुल च्याम्पियन घोषित बनेको थियो । नवोदय विद्यालयका परजन्य कुसुवाहा, आयुष चिमरिया, रायन खनाल, सार्थक ढकाल र प्रिन्स गोलेले सहभागिता जनाएका थिए । सम्मेलनमा काठमाडौं, भक्तपुर, तनहुँ, रुपन्देही, बारा, मकवानपुर, झापा र धनुषा जिल्लाका २० वटा विद्यालयका प्रध्यानाध्यापक, शिक्षक एवम् दुई सय विद्यार्थीको सहभागिता रहेको थियो ।

Exit mobile version