Home शिक्षा बाल जागृती परिसरको झाडी फडानी

बाल जागृती परिसरको झाडी फडानी

विद्यालय परिसरमा गरिएको सरसफाई ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ गौरीटारमा रहेको बाल जागृती युवा वर्ष माध्यामिक विद्यालय वरपरको झाडी फडानी गरिएको छ । म्यादी प्रहरी परिचालन गरि विद्यालयको वरपर रहेको झाडी सफाई गरिएको हो ।

विद्यालयको लागि समस्या बन्दै गएको झाडी सफा गर्न दुई दिन लागेको विद्यालयकी प्रधानाध्यापक सम्झना अधिकारीले बताउनुभयो । झाडी फडानीले विद्यालयको शैक्षिक वातावरण निर्माणमा निकै टेवा पुग्ने प्रधानाध्यापक अधिकारीको भनाइ छ । प्रहरी चौकी चौघडाको सहयोग, विद्यालय व्यवस्थापन समिति र ६ नम्बर वडा कार्यालयको समन्वयमा झाडी फँडानी गरिएको हो ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि खटिएका म्यादी प्रहरी र चौकीमा कार्यरत प्रहरीको सक्रियतामा सरसफाई गरिएको थियो । विद्यालय वरपरको वातावरण सफा राखेर विद्यार्थीका लागि अनुकुल बनाउन सरसफाइमा सहयोग गरिएको प्रहरी चौकी चौघडाका इन्चार्ज रामशरण दुलालले बताउनुभयो । झाडी फडानीमा सहयोग पुराएकोमा प्रहरी चौकी चौघडा र ६ नम्बर वडा कार्यालयलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो ।

Exit mobile version