हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१३ बनस्पति स्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा तातो तेल खनाएर दुई जना घाइते भएका छन् । सोही स्थानका ३४ वर्षीय निर बहादुर भोलन र २७ वर्षीय सागर जिम्बालाई बसिरहेको अवस्थामा हेटौंडा–१९ बस्तिपुरका २८ वर्षीय मोहन दोङले ताते तेल खनाएका थिए ।
दोङले मापसे गरी अचानक सेल पकाउने तातो तेल अनुहारमा प्रहार गरी दुबैको अनुहार र आँखा जलि घाईते भई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको छ । घाइते दुबै जनाको अवस्था मध्यम रहेको छ । तेल प्रहार गर्ने मोहन दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
