हेटौंडाः बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूँयालले आफ्नो मासिक तलबको आधा रकम मानवसेवा आश्रमलाई प्रदान गर्नुभएको छ । आज मानवसेवा आश्रमको हेटौंडास्थित मुख्य कार्यालयमा पुगेर मन्त्री फूँयालले आफ्नो मासिक तलबको आधा रकम अर्थात् २१ हजार रुपैयाँ सहयोग गर्नुभएको मानवसेवा आश्रमले जनाएको छ ।
सहयोगापेक्षी (वेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावविहिन) सडकआश्रित मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रमको केहि दिन अगाडि मन्त्री रामेश्वर फूँयालले अवलोकन समेत गर्नुभएको मानवसेवा आश्रमले जनाएको छ । लकडाउनका कारण मानवसेवा आश्रममा आश्रितलाई खाना खुवाउन समेत समस्या भइरहेको भन्ने जानकारीपछि मन्त्री फूँयालले सहयोग गर्नुभएको आश्रमले जनाएको छ ।