हेटौंडाः अकुपञ्चर चिकित्सा सेवा सुदृढीकरण प्रवद्र्धनका लागि सरोकारवालाहरुसँग प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, काठमाडौंको आयोजनामा हेटौंडास्थित होटल सामनामा कार्यक्रम भएको हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सल्ट्यान्ट आयुर्वेदविज्ञ डा. मुनकर्ण थापाको अध्यक्षता रहेको गोष्ठीमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य निर्देशनालयका निर्देशकलगायत बागमती प्रदेशका जिल्ला सदरमुकामस्थित पालिकाहरुका स्वास्थ्य शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।











