तस्वीरः गुगल ।

हेटौंडाः हेटौंडा बजारक्षेत्रमा राँगाको मासु बढी मूल्यमा विक्री भइरहेको छ । साविक चार सय रुपैयाँमा विक्री भइरहेको राँगाको मासु व्यवसायीले लकडाउनको समयमा पाँच सय रुपैयाँसम्ममा विक्री गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भने बजारमूल्य भन्दा बढी मूल्य कायम गरी मासु विक्री गरे कारवाही गर्ने जनाएको छ । माछामासु व्यवसायी संघ मकवानपुरका अध्यक्ष शान्तकी खड्गीले भने व्यवसायीले बढी मूल्यमा मासु विक्री नगरेको दावी गर्नुभएको छ । केही दिनअघि बढी मूल्यमा मासु विक्री गर्ने व्यवसायीलाई सचेत गराउँदा ती व्यवसायीले पसल नै बन्द गरेको पनि अध्यक्ष खड्गीको भनाइ थियो ।