Home जीवनशैली कुलतको परिणाम

कुलतको परिणाम

रितिका छत्कुली कक्षा–९, बालजागृति इङ्लिस सेकेण्डरी स्कुल

आफ्नो अज्ञानताको आभास हुनु नै ज्ञानको प्रथम खुड्किला भने झै हरेक मानिससँग जान वा अनजानमा गल्ती अवश्य पनि हुन्छ र त्यो गल्तीको महसुस नभई नस्वीकारेसम्म ऊ दुनियाँको भिडमा यत्तिकै पछाडी पर्दछ । यस्तै कुरा छ कुलतको घाटाहरु जसले जीवनको संघर्षमय पललाई कुलतमा ढल्किन्छ । के हो त कुलत ? अनुभवीहरुले आफ्नो भनाइ भन्दछन्, “पानी र जवानी कहिल्यै फर्केर आउँदैन ।” कतिपय व्यक्तिहरु तनाव, चिन्ता, आफ्नै दुख, नराम्रो संगत सामान्य शब्दमा भन्ने हो भने जीवन जिउन नजानी नराम्रो लतमा लाग्नुु नै कुलत हो ।

कुलत खराब आनीबानी हो । विशेषगरी अहिलेको समयमा अत्याधिक आकांक्षा बोक्ने युवायुवतीले लागुपदार्थको लतमा लागी आफ्नो भविष्यका साथसाथै देशको साहारा नराम्रो स्थितिमा भएको देखा परिरहेको छ । हरेक बिहानी चियाको चुस्कीसँगै नयाँ समाचारसँगै कुलत, बलात्कार, चोरीको खबर कानमा गुञ्जिने गर्दछ ।

यही सन्दर्भमा कुरा छ लागुपदार्थको । लागुपदार्थ भनेको रसायनिक पदार्थ हो जुन शरीरका लागि प्रयोग गर्न नहुने पदार्थ हो । विश्वमा अनुमानित १९ करोड २० लाख व्यक्तिले गाँजाको सेवन गर्छन् र यसको दुर्व्यसनीका कारणले ७२ प्रतिशत व्यक्तिले अकालमा ज्यान गुमाउनु परेको छ । पारिवारिक कारण, सांस्कृतिक परम्परा तथा सामाजिक कारण, साथीसंगती जस्ता कारणले मानिसले लागुपदार्थ सेवन गर्ने गरेको पाइन्छ । व्यक्तिगत कारणले मात्र नभई विभिन्न बाह्य कारणले पनि मानिसलाई कुलतमा धकेल्छ । यस्ता कुलतले मानसिक चेतना, अनुभुति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ ।

व्यक्तिको सकारात्मक चेतना, मन र क्षमतालाई प्रत्यक्ष असर पार्दछ भने स्वास्थ्यलाई प्रतिकुल असर पार्दछ । कुलतका कारण घरपरिवारमा आर्थिक समस्या देखिनुको साथै झैझगडा तथा बेमेलको अवस्था देखापर्दछ । जुन समाजमा उच्च मात्रामा लागुपदार्थ सेवन गर्छ उक्त समाजमा हत्या, हिंसा र विभिन्न जघन्य प्रकृतिको आपराधिक घट्नाहरु बढी मात्रामा घट्ने गर्दछन् । यस्तै विभिन्न कारणले गर्दा घरबारविहीन हुने, बेरोजगारी बढ्ने, मृत्युदर बढ्ने र औषत आयुमा समेत नकारात्मक असर परिरहेको छ । यसका साथसाथै शारीरिक कमजोरी, शारीरिक विकासमा बाधा, बौद्धिक विकासमा समस्या, मनोबल कमजोर हुने, क्रोध, विरोध, शत्रु, अल्छिपना, खानामा अरुचि जस्ता अनेकौं समस्याहरु देखापर्दछ । लागुपदार्थ सेवनले धनसम्पत्तिको फजुल खर्च हुनुका साथै व्यक्तिको शारीरिक विकासमा प्रत्यक्ष असर पर्दछ ।

अब केही पाउनका लागि केही त्याग्नुपर्छ भने झैं यस्तो कुलतमा नफस्नका लागि यसको असरको असरको बारेमा थाहा पाउन जरुरी छ । आफ्नो मनभित्र त्यस्तो कुराप्रति इच्छा जगेर्ना नगरी प्रभावकारी सुधार कार्यक्रममा सहभागिता गर्ने, किशोरकिशोरीको अवस्थादेखि नै जनचेतना फैलाउन जरुरी पर्दछ ।

Exit mobile version