हेटौंडाः नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको दोश्रो पूर्ण बैठक शुक्रबार सम्पन्न भएको छ । पार्टी कार्यालय हेटौंडामा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।
दलाल संसदीय व्यवस्थाको जुनसुकै चुनावले देश र जनताको सेवा गर्ने असल नेतृत्व नभई भ्रष्ट दलालहरुलाई चुन्ने भएको हुँदा पार्टीले आसन्न संघ र प्रदेश सभाको चुनाव बहिष्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जानकारी दिएको छ । नेकपा मकवानपुरले निर्वाचनमा सहभागी नहुने र निर्वाचन हुन पनि नदिने निर्णय गरेको उल्लेख गरेको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको बैठक मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य अर्यालको अध्यक्षतामा भएको हो ।