हेटौंडाः नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार आयोजना गरिएको २६ औं वार्षिक साधारणसभा स्थगित भएको छ । निर्वाचन आचारसंहिताले सहकारीको साधारणसभा गर्न नपाउने भएपछि स्थगित गरिएको हो ।
सहकारी संस्थाले बन्दसत्र मात्र संचालन गर्ने भने पनि सेयर सदस्यहरुले विरोध जनाएपछि सहकारीको साधारणसभा नै स्थगित गरिएको हो । सहकारीले एक हप्ताभित्र सूचना सार्वजनिक गरी साधारणसभा आयोजना गर्ने सहकारीका अध्यक्ष जंग बहादुर गुरुङले जानकारी दिनुभयो । सहकारीमा २ हजार १ सय ६८ जना सेयर सदस्यहरु रहेका छन् ।