हेटौंडाः चितवनको भरतपुर महानगरपालिका–११ लामाटोलबाट कौडा खेलिरहेका १६ जनालाई प्रहरीले सोमबार राती पक्राउ गरिएको छ ।
मैति लामाको घरमा कौडा खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि १६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले १ लाख २८ हजार नगदसहित १६ थान कौडा बरामद गरेको जनाएको छ । १६ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
