हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार विशेष सूचनाको आधारमा मकवानपुर प्रहरीले एक ग्राम ४६० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थसहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले हेटौंडा–५, सानोपोखरामा ना ४८ प ९००५ नम्बरको मोटरसाइकलमा सवार युवाहरुलाई रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल चालक हेटौंडा–१४, मयूरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, मोटरसाइकल पछाडि बस्ने हेटौंडा–११, थानाभ¥याङ बस्ने २५ वर्षीय अनिष चौलागाई र हेटौंडा–२, कान्तिराजपथ बस्ने २३ वर्षीय विकास कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट लागूऔषधसहित सानो डिजिटल तराजु एक थान र मोटरसाइकलसमेत बरामद गरिएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखी सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
