Home मुख्य समाचार ११५ जनामा डेंगु संक्रमण पुष्टि

११५ जनामा डेंगु संक्रमण पुष्टि

हेटौंडाः मकवानपुरमा मंगलबार ११५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा ११५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
डेंगु संक्रमण पुष्टि हुनेमा १०६ जना मनहरी गाँउपालिकाका रहेका छन् । यस्तै, हेटौंडा उपमहानगरपालिकाका ५ जनामा, भिमफेदी गाँउपालिकाका १, राक्सिराङ गाँउपालिकाका १ जनामा र मकवानपुरगढी गाँउपालिकाका २ जनामा संक्रमण भएको तथ्याङ्क छ । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ४ हजार ८ सय ६ जना पुगेको छ ।

Exit mobile version