गुगल तस्विर ।

हेटौंडाः बागमती प्रदेशमा विभिन्न घटनामा ५ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, काभ्रे र रामेछाप तिन जिल्लाका ५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यलय हेटौंडाले जानकारी दिएको छ ।

चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर रामखोला बस्ने सानुमाया चेपाङको मृत्यु भएको छ । मकवानपुरको कैलास गाउपालिका वडा नम्बर ४ डोकेटार घर भई हाल रामखोला चैनपुर तुलराम दराईको घरमा भाडामा बस्ने ३७ वर्षिय चेपाङको मृत्यु भएको हो । आफ्नै कोठामा मदिरा पादार्थ सेवन गरी लड्दा घाइते भइ उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा चेपाङको टाउकोमा र बोल्न नसक्ने गम्भिर अवस्थामा थियो । उपचारका क्रममा चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनकै रत्नननगर नगरपालिका –७ सौराहा एक जनाको मृत्यु भएको छ । काठमाण्डौ घर भइ २२ जना भारतिय पर्यटक लिइ सौराहा स्थित रोयल सफारी होटलमा बस्दै आएको ६१ वर्षीय रामचन्द्र पाठकको मृत्यु भएको हो । उनलाई एक्कासी श्वास प्रश्वासमा समस्या देखा परेपछि उपचारको लागि सोहि होटलका सञ्चालक राम शर्माले नयाँ मेडिकल कलेज लगेकोमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषण गरेको प्रहरीले जनाएको छ ।

चितवनकै भरतपुर महानगरपालिका–१ जोरकुशुम एक जना शिशुको शव फेला परेको छ । नारायणी नदीको किनारमा भर्खर जन्मेको जस्तो देखिने बालक शिशु मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ प्रहरी खटी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । शव मुचुल्का पश्चात सरकारी अस्पताल भरतपुरमा रहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, काभ्रे जिल्लाको तेमाल गाउपालिका–३ कोडालमा बालिकाको झुण्डी मृत्यु भएको छ । सोही ठाँउ बस्ने डिल्लीराम तामाङकी छोरी १२ वर्षीय नेरुना तामाङको झुण्डी मृत्यु भएको हो । उनी आफ्नै घरको बुईगलको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । मृत्यु हुनुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका–१४ फुलासी पोखरीमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मन्थलीबाट देउराली जादै गरेको बागमती प्रदेश ०१–००६– ख २२९५ नम्बरको बसले यात्रुहरु झारी बस अगाडि बढ्ने क्रममा सोहि बसमा यात्रा गरी चढी आएकी यात्रु चन्द्र कुमारी परियारको मृत्यु भएको हो । अन्दाजी ४५|५० वर्षीय परियार बसबाट झर्दा बसको पछाडी पट्टीको चक्कामा ठोक्किएर घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, विभिन्न घटनामा १४ जना घाइते भएका छन् ।