गुगल तस्बिर ।

हेटौंडाः मकवानपुरमा बिहीबार १ सय ५७ जनामा डेंगु संक्रमण देखिएको छ । लगातार ४ दिन जिल्लामा संक्रमण संख्यामा कमी आएपनि बिहीबार फेरी बढेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजानिक गरेको तथ्याङ्क अनुसार शनिबार २ सय ७ जनामा संक्रमण पुष्टी भएको थियो । यस्तै, आइतबार संक्रमितको संख्या घटेर १ सय ३२ जनामा झरेको छ । एकै दिन ७५ जना संक्रमित कम भएको देखिएको छ । सोमबार संक्रमीत ९० जनाले घटेर ४२ जनामा झरेको विवरणमा उल्लेख छ ।

मंगलबार पनि संक्रमितको संख्या १४ जनाले घटेर २८ जना रहेका छन् । यस्तै बुधबार भने संक्रमीतको संख्या ९ जनाले बढेको छ । त्यस दिन ३२ जनामा संक्रमण पुष्टी भएको छ । बिहीबार भने संक्रमितको संख्या बढेर १ सय ५७ जना पुगेको छ । मकवानपुरमा हालसम्म संक्रमितको संख्या ४ हजार ५ सय २६ जना पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।