हेटौंडाः बुधबार हेटौंडा अस्पतालमा ८ सय ८२ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । बुधबार मात्रै ३ सय जनाले आकस्मिक स्वास्थ्य परिक्षण गराएका हेटौंडा अस्पतालका मेडिकल रेर्कडर राजीव झाले बताउनुभयो ।
यस्तै, २ सय ८६ जनाले सामान्य स्वास्थ्य परिक्षण गराएको उहाँले जानकारी दिनुभयो । बुधबार अस्पतालबाट ५८ जनाले शल्यक्रियाको सेवा लिएका छन् । यस्तै, ५३ जना बालबालिकाले अस्पतालमा स्वास्थ्य परिक्षण गराएका छन् । हार्डर्जोनी तथा नशा रोग सम्बन्धी ७८ जनाले, छाला रोग सम्वन्धी ४७ जनाले, दन्तरोग सम्बन्धी ३४ जनाले र मृगौला रोग सम्बन्धी १२ जनाले स्वास्थ्य परिक्षण गराएको मेडिकल अधिकृत झाले जानकारी दिनुभएको छ । यस्तै, अहिले अस्पतालमा कोरोना संक्रमण भने शून्य रहेको उहाँले बताउनुभयो । अस्पतालमा कोरोना परिक्षण भएता पनि संक्रमण भने नरहेको उहाँले बताउनुभयो ।











