Home खेलकुद ८“ए” साइड फुटबल सुरुः हेटौंडा फुटबल एकेडेमी र कमलादेवीको विजयी सुरुवात

८“ए” साइड फुटबल सुरुः हेटौंडा फुटबल एकेडेमी र कमलादेवीको विजयी सुरुवात

हेटौंडाः हेटौंडामा मंगलबारबाट ८“ए” साइड खुला फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५ स्थित जन प्रवाह क्लबको आयोजनामा प्रतियोगिता भएको हो ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा हेटौंडा फुटबल एकेडेमीले आयोजक जनप्रवाह युवा क्लब “बी”लाई २–० गोलले हराएको छ । खेलको म्यान अफ द म्याच हेटौंडा फुटबल एकेडेमीका गोलरक्षक विशेष बानियाँ घोषित भए ।

यस्तै मंगलबार भएको दोस्रो खेलमा मनिङ स्टार क्लबलाई कमलादेवी युवा क्लबले २–० गोलले हराएको छ । खेलको म्यान अफ द म्याच कमलादेवीका रोशन मोक्तान घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबार ७ खेल हुने प्रतियोगिताका संयोजक संञ्जिव अर्यालले जानकारी दिनुभयो ।

नकआउट चरणमा भइरहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

Exit mobile version