हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । आउँदै गरेको नेपालीहरुको महान पर्व तिहारको अबसरमा बकैयाको खेलकुद विकास समितिको आयोजनामा पुरुष भलिबल प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता कात्तिक ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ खेलाडी, १ जना टिमकोच र १ जना म्यानेजर गरी १४ जना हुनु पर्ने आयोजकले जनाएको छ । खेलाडिहरु आफ्नो वडाको हुनु पर्ने बताईएकोे छ । खेल तालिका कात्तिक १ गते मंगलबार सार्वजनिक हुनेछ ।
प्रतियोगिताका लागि सहभागीको दर्ता शुल्क २ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा विजेता हुनेले ५० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।











