गुगल तस्बिर ।

हेटौंडाः मकवानपुरमा सोमबार २४ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा थप २४ जनामा डेंगु पुष्टि भएको हो ।

डेंगु पुष्टि हुनेमा थाहा नगरपालिकाका २० जना रहेका छन् । यस्तै हेटौंडा उपमहानगरपालिकाका र मनहरी गाउँपालिकाका समान दुई–दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ३ हजार ३ सय ८२ जना पुगेको छ ।