हेटौंडाः हेटौंडामा आगामी शुक्रबार असोज २८ गतेबाट हुने भनिएको सातौं संस्करणको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता स्थगित भएको छ । प्रतियोगिता मंसिर ४ गते निर्वाचन सम्पन्न नभएसम्मका लागि स्थगित भएको आयोजक हटिया स्पोर्ट्स एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिनुभयो ।
निर्वाचनपछि कार्यतालिका बनाएर प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष सुवेदीले बताउनुभयो । केशवलाल श्रेष्ठको स्मृतीमा सञ्चालन हुँदै आएको प्रतियोगिता शुक्रबारबाट हुुने कार्यतालिका रहेको थियो । प्रतियोगिताको विजेता टिमले नगद ८० हजार रुपैयाँ र उपविजेता टिमले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको थियो ।










