हेटौंडाः नेकपा एमालेको तर्फबाट मकवानपुरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारहरु आज आइतबार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो संयुक्त रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर नेकपा एमालेका उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
एमाले मकवानपुर क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यका लागि महेश बर्ताैला र प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ (क) मा कमल बिष्ट, १ (ख) मा एकलाल श्रेष्ठ र प्रदेशसभा २ (क) मा विष्णु ढकाल र २ (ख) मा लाल बहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा भने राप्रपा नेपालसँग गठबन्धन गरी अध्यक्ष कमल थापाले मनोनयन दर्ता गराउनुभएको छ ।










