हेटौंडाः हेटौंडामा आगामी शुक्रबार असोज २८ गतेबाट सातौं संस्करणको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हटिया स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रतियोगिता हुने भएको हो ।केशवलाल श्रेष्ठको स्मृतीमा सञ्चालन हुँदै आएको प्रतियोगिता हेटौंडा–१७ स्थित नेपाल चौरमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा सहभागिता जनाउन जिल्लाभित्रका खेलाडीहरुले बुधबारसम्म टिम दर्ता गर्न सकिने जनाइएको छ । प्रतियोगिताका लागि १० टिम सहभागी हुने पक्का भएको हटिया स्पोर्ट्स एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिनुभयो । लिग चरणमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते बिहीबार हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ८० हजार रुपैयाँ र उपविजेता टिमले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।










