तस्बिरः गुगल ।

हेटौंडाः मकवानपुर क्रिकेट संघद्वारा संचालित प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको बागमती प्रदेश स्तरीय छनौट खेलका लागि मकवानपुरमा खेलाडी छनौट भएको छ । मकवानपुरको क्रिकेट टिममा सुमन सुनार कप्तान र रिजन ढकाल उपकप्तानसहित १४ जना खेलाडी छनौट भएका छन् ।

यस्तै, राम नरेश गिरि, बिशाल फुयाल, शुभ कंशका, सक्षम बास्ताकोटि, गौरब खड्का, तक्षक सिंखडा, आकाश घिमिरे, आस्तिक दाहाल, अशिम श्रेष्ठ, समिर चौलागाई, सुबर्ण भट्ट, पियुश शर्मा छनौट भएका छन् । त्यसैगरी, बैकल्पिक गोकुल अधिकारी, गौरब भुशाल छेत्री, अहमद राजा र दिपन बानियाँ छनौट भएका छन् ।