प्रहरीलाई हटडिस हस्तान्तरण गर्दै ।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ र सुनचाँदि व्यवसायी महासंघको संयुक्त सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई हटडिस सेट सहयोग गरिएको छ । शुक्रबार कार्यालयमा गएर उद्योग वाणिज्य संघ र सुनचाँदि व्यवसायी संघका प्रतिनिधिले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमलाई समान हस्तान्तरण गरेका हुन् ।

प्रहरीलाई मेसमा खानाको लागि खानालाई तातो बनाउन ईलेक्ट्रीक हट डिस प्रदान गरिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनुभयो । ९५ हजार ६ सय रुपैयाँ बराबरको ईलेक्ट्रीक हट डिस सहयोग गरिएको हो । कार्यालयम कामका कारणले समयमा तातो खाना खान समय नमिल्ने भएकाले आफुले माग गरेको गौतमले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघका महासचिब प्रमोद सिंह रानाभाट, सुनचाँदि व्यबसायी महासंघका अध्यक्ष केशव रसाइली, कार्य समिति कुल प्रसाद चौलागाई, राजेन्द्र लामिछाने, कार्यकारी सचिव पवन कार्की लगायतको उपस्थिति रहेको थियो ।