हेटौंडाः धादिङबाट सर्लाहि जान लागेका ८० जना मजदुरको आज उद्दार गरिएको छ । धादिङबाट पैदल चितवनसम्म आएका मजदुरहरुलाई उद्दार गरी आज सर्लाहिसम्म जान भाडाको सवारी व्यवस्था गरिएको हो । तीन वटा ट्रकमा ल्याइएका उनीहरुलाई मकवानपुर प्रहरीले पनि सहजीकरण गरिदिएको छ । मकवानपुर प्रहरीका अनुसार बाटोमा अलपत्र परेका व्यक्तिहरुको उद्दार गरेर घरसम्म जाने व्यवस्था मिलाइएको हो ।