सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्युु भएको छ । मृत्यु हुनेमा बकैया–११ स्थित आहाल डाँडाका ५५ वर्षीय आइत सिं भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

सोमबार साँझ ७ बजेर ४० मिनेटको समयमा घरमा बसिरहेको अवस्थामा भोलनलाई चट्याङ लागेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय ठिंगनबाट सोमबार राति ११ बजेर ४० मिनेटको समयमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा टोली खटेर घटनास्थल सुरक्षित राखेको प्रवक्ता कार्कीले बताउनुभयो । यस्तै, भोलनको घर नजिकै रहेको भीम बहादुर स्याङ्तानको गोठमा चट्याङको कारण एउटा गोरु समेत मरेको जनाइएको छ ।