
हेटौंडाः हास्यव्यङ्ग्य साहित्यको प्रवद्र्धनमा क्रियाशील संस्था सिस्नुपानी नेपाल मकवानपुरको जिल्ला कार्यसमितिमा २ जना सदस्य मनोनित भएका छन् । यसअघि ७ सदस्यीय समिति अधिवेशनबाट निर्वाचित भएका थिए ।
जिल्ला समितिले स्वस्तिका दाहाल र अमृता लामिछानेलाई सदस्य पदमा मनोनित गर्ने निर्णय गरेसँगै सिस्नुपानी नेपालको मकवानपुर जिल्ला समिति ९ सदस्यीय बनेको छ । सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेका अनुसार आरसी रिजाल, मुक्तिगोविन्द वैद्य र आशाकाजी श्रेष्ठ सल्लाहकार रहनु भएको छ ।










