झरना साहित्यिक परिवारका संस्थापक रमेश मोहन अधिकारीलाई सम्मान गरिँदै ।

छतिवन (बकैया): मकवानपुरको बकैया गाउँपालिकामा वाङ्मय प्रतिष्ठान गठनको प्रक्रिया सुरु भएको छ। बकैयाले “झरना–बकैया वाङ्मय प्रतिष्ठान” को तदर्थ समिति गठन गरेको छ।

झरना साहित्यिक परिवार मकवानपुरको चौथो अधिवेशनको अवसरमा प्रतिष्ठान गठनको प्रक्रिया सुरु गरेको हो । झरना साहित्यिक परिवारलाई नै प्रतिष्ठानको स्वरूपमा स्थापित गर्ने प्रयास भइरहेको झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले जानकारी गराउनुभयो ।

झरनाका अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो। कार्यक्रममा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, गाउँपालिकाका पूर्वअध्यक्ष दामोदर खनाल, पूर्व उपाध्यक्ष सरला बोलखे, ४ नम्बर वडा अध्यक्ष राजन दंगाल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायत साहित्यिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।

कार्यक्रममा साहित्यकार दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्षमण पुडासैनी, समृद्ध समाज दैनिक पत्रिका, संस्थापक अध्यक्ष रमेश मोहन अधिकारी, सल्लाहकार उद्धव सापकोटा, नूरप्रसाद गौतम र उद्धव प्रसाद खनाललाई सम्मान गरिएको छ।