हेटौंडाः हेटौडा–५, शान्तिनगरस्थित भित्री सडकखण्डमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलचालकको ज्यान गएको छ ।
मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा शन्तिनगरतर्फबाट समीलतर्फ जाँदै गरेको ना ४३ प ८२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौंडा–४ का २८ वर्षीय अमृत मैनालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
मोटरसाइकल दुर्घटनामा परी मैनाली घाइते अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटेर उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो । थप उपचारका लागि चितवनको भरतपुर मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा बुधबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा डाक्टरले मैनालीलाई मृत घोषणा गरेको थियो ।