हेटौंडाः मकवानपुरमा बुधबार १ सय २४ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुधबार जिल्लामा १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिलकाका रहेका छन् । बुधबार हेटौंडाका १ सय १४ जनामा, थाहा नगरपालिकाका पाँच जनामा, मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकाका एक–एक जनामा डेंगु संक्रमण पुष्टि भएको हो । बुधबार १ सय २४ डेंगुका संक्रमित थपसँगै जिल्लामा हालसम्म पुष्टि हुनेको कुल संख्या १ हजार ३ सय ३१ जना पुगेको छ ।