हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल आबद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल मकवानपुरको अध्यक्षमा कबिराम पोखरेल चयन हुनभएको छ । बुधबार हेटौंडामा भएको भेलाले पोखरेलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षहरुमा सञ्जिब चौलागाईं, सरिता चौलागाईं, सचिवमा नवराज अधिकारी र कोषाध्यक्षमा आर्जन खतिवडालाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा शंकर पाण्डे, राम बिश्वकर्मा, सुजन ढकाल, बुद्ध लामा, बिज्ञान भुजेल, रोशन दङ्गाल, अमिर चौलागाईं, आयुष दुलाल, शुभाष राई, सन्तोष विक, पुरुषोत्तम सापकोटा, सन्जिता फुयाँल र अस्मिता लुईंटेल चयन हुनुभएको छ ।
कार्यसमितीमा चयन हुनुभएकाहरुलाई बधाई शुभकामना दिनुहुँदै राप्रपा नेपालका केन्द्रीय सदस्य गणेश थापाले विद्यार्थी संगठनमा आबद्ध बिपन्न र जेहन्दार विद्यार्थीहरुलाई संगठन मार्फत वार्षिक रुपमा १ लाख २० हजार रुपैयाँ रकम छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । यस्तै पार्टीका महामन्त्री राजाराम बर्तौलाले आगामी निर्वाचनमा राप्रपा नेपाललाई स्थापित गर्न युवा पुस्ताहरुको महत्वपूर्ण भुमिका हुने भएकोले विद्यार्थी संगठनले आफुलाई संगठन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुरका निवर्तमान संयोजक लक्ष्मण पौडेलको अध्यक्षता राप्रपा नेपालका केन्द्रीय सदस्य गणेश थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अम्बिका खतिवडा, जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटा, पार्टीको भातृ संगठन युवक संगठन मकवानपुरका अध्यक्ष भृगु कार्की लगायतको आतिथ्य रहेको थियो ।