हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीबीच विविध खेलकुद प्रतियोगिता आयोजना गरेको छ । कक्षा पूर्वप्राथमिक तहदेखि १२ कक्षासम्मका विद्यार्थीबीच बिहीबार र शनिबार अतिरिक्त क्रियाकलाप आयोजना गरेको हो । पूर्वप्राथमिक तहका विद्यार्थीबीच भएको चकलेट दौडमा अभाष कुमारी शर्मा प्रथम, इम्पिआर अन्सारी द्वितीय, खुसी सञ्जेल तृतीय भएका छन् ।
यसैगरी कक्षा १ का विद्यार्थीबीच भएको बेलुन फुडाइमा सुमित कुमार प्रथम, रोशन ठाकुर द्वितीय, बिकी साह तृतीय भएका छन् । कक्षा २ का विद्यार्थीबीच भएको चम्चा दौडमा पवन राम प्रथम, सिवानी गुप्ता द्वितीय, विप्लव गुरुङ तृतीय भएका छन् । यस्तै कक्षा ३ का विद्यार्थीबीच भएको चम्चा दौडमा निशान शेख प्रथम, मनिषा सिंह द्वितीय, आरुसी सुनार र सृष्टि खतिवडा तृतीय भएका छन् ।
कक्षा ४ का विद्यार्थीबीच भएको गणित दौडमा सुदर्शन पण्डित प्रथम, पवन पासवान द्वितीय, शिवम् साह तृतीय भएका छन् । कक्षा ५ का विद्यार्थीबीच भएको गणित दौडमा आरोही कुमारी साह प्रथम, रक्षा रौनियार द्वितीय, समीर दंगाल तृतीय भएका छन् । कक्षा ६ देखि १२ का विद्यार्थीबिच भएको भलिबल प्रतियोगितामा छात्रतर्फ कक्षा १० बी प्रथम, कक्षा १० डी द्वितीय हुन सफल भएका छन् । छात्रतर्फ भने कक्षा ९ प्रथम र कक्षा ११ द्वितीय हुन सफल भएका छन् । विजेता विद्यार्थीलाई एक कार्यक्रमकाबीच आगामी असोज ९ गते पुरस्कार वितरण गरिने आधुनिक राष्ट्रिय माविका शिक्षक एवम् अतिरिक्त क्रियाकलाप संयोजक राजराम पोख्ररेलले जानकारी दिनुभयो ।