तस्बिर google.com ।

हेटौंडाः मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । शनिबार प्रहरीले छुट्टा छुट्टै स्थानबाट हेटौंडा–९, लामसुरे बस्ने २१ बर्षीय विवेक बिक, चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० बस्ने ३४ बर्षीय अमर लामा र मकवानपुर जिल्लाको मनहरी–४, सुनाचुरीका ३८ बर्षीय सुरेन्द्र गुरुङलाई पक्राउ गरेको हो ।

प्रेम बहादुर घलानको घरमा कोहि नभएको अवस्थामा विवेकले खुत्रुके फुटाई पैसा चोरी गरेको भनी स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । प्रहरीले विवेकलाई सुरक्षाजाँच गर्ने क्रममा विवेको साथबाट खैरो हिरोईन ७० मिलिग्राम, ३० ग्राम लागुऔषध गाँजा, ३ हजार १ सय ४२ रुपैयाँ नेपाली, भारतीय ३० रुपैयाँ र कतारी रियल १ रुपैयाँ फेला परेको थियो । फेला पारेकोे लागुऔषध र नगदसहित विवेकलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै पूर्व–पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०३–००२ प ८८५५ नम्बरको मोटरसाइकलमा लागूऔषध ल्याएको भन्ने विशेष सूचनाका आधारमा मनहरीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकललाई रोकी सुरक्षाजाँच गर्ने क्रममा रेनकोटको कभरमा लुकाई छिपाई ल्याएको लागुऔषध कफसिरफ १७ बोतल फेला पारेको थियो । मोटरसाइकलमा सवार लामा, गुरुङ र मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।