पूर्णता पाएपछि अल्मुनाईका पदाधिकारी र प्रिन्सीपल जोशीको सामूहिक तस्वीर ।

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा पूर्वविद्यार्थीहरुको संगठन हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस अल्मुनाइ एसोसिएसनले पूर्णता पाएको छ । केही समयअघिको भेलाले अमुल श्रेष्ठको अध्यक्षतामा सदस्यहरु चयन गरेको थियो ।

शुक्रबार हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसका प्रिन्सीपल पुरनबहादुर जोशीको उपस्थितिमा भएको बैठकले पदाधिकारी चयन गरेको हो । शुक्रबारको बैठकले एसोसिएसनको उपाध्यक्षमा पूण्यशिला श्रेष्ठ, सचिवमा मालती पोखरेल, कोषाध्यक्षमा सजनकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । यस्तै, सदस्यमा निर्मला अर्याल, लेखनाथ ढकाल, रामशरण दाहाल, अमृतप्रसाद सापकोटा, राधाकृष्ण मैनाली, सुरेश श्रेष्ठ र केशव थापा चयन हुनुभएको छ ।

भेलाले असोज दोस्रो साता पूर्वविद्यार्थीबीच खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रिन्सीपल पुरनबहादुर जोशीले पूर्वविद्यार्थीहरुको साथ र सहयोगमा समुदायमा रचनात्मक कार्य गर्न म्यानेजमेन्ट तयार रहेको बताउनुभयो । अल्मुनाइ एसोसियसनले छिट्टै कार्यशालाकै आयोजना गरेर योजना तयार पार्ने जनाएको छ ।