हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ बरेटारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीय कालिमाया स्याङतान रहेकी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार साँझ ७ बजेर १५ मिनेटको समयमा आफ्नै घर नजिकैको बारीमा गएको अवस्थामा अविरल बर्षासंगै अचानक परेको चट्याङ लागेर स्याङ्तनको मृत्यु भएकोे जनाइएको छ । चट्याङ लागेर मृत्यु भयो भन्ने खबर प्रहरीलाई प्राप्त हुनासाथ प्रहरी टोली खटेर घटनास्थल सुरक्षित राखिएको थियो । थप अनुसन्धान तथा मुचुल्काको लागि तालुक इलाका प्रहरी मनहरीबाट बुधबार बिहान ७ बजे प्रहरी टोली खटिएको जनाइएको छ ।
