फाइल तस्बीर ।

हेटौंडाः हेटौंडा–७, नागस्वतीमा जारी नागस्वती राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत अहिले बिहान भएको दोस्रो सेमिफाइनल खेलमा नागस्वती भेट्रान्स फाइनलमा प्रवेश गरेको छ ।

आयोजक नागस्वती भेट्रान्सले पोखराको बगरभाई खलकलाई २–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । नागस्वती भेट्रान्सले फाइनल खेलमा ठमेल चिया पप भेट्रान्ससँग खेल्नेछन् । फाइनल खेल आज (बुधबार) दिउँसो हुने जनाइएको छ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।