बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरिँदै ।

हेटौंडाः कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा सानिमा बैंकले बागमती प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । आज दिउँसो सानिमा बैंकको हेटौंडा शाखाका प्रबन्धक राजकुमार सोडारीले बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।
बैंकले कर्मचारीसँग समेत सहयोग संकलन गरी कुल एक करोड ६८ लाख रुपैयाँ संकलन गरेकोमा सातवटै प्रदेश सरकारलाई १०/१० लाख रुपैयाँ सहयोग गरेको र बाँकी रकम संघीय सरकारको कोषमा सहयोग गरिएको सानिमा बैंकले जनाएको छ । यसअघि पनि विभिन्न बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेश सरकारलाई कोरोना भाइरस विरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँदै आर्थिक सहयोग गर्दै आएको छ ।