Home समाचार किराँत राई यायोक्खामा पुनः केबी

किराँत राई यायोक्खामा पुनः केबी

हेटौंडाः किराँत राई यायोक्खा मकवानपुरको अध्यक्षमा पुनः केबी राई निर्वाचित हुनुभएको छ । शनिबार हेटौंडामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट २३ सदस्यीय जिल्ला समिति चयन गरिएको छ ।

अधिवेशनबाट यायोक्खाको उपाध्यक्षमा चन्द्र बहादुर राई र राम बहादुर राई, सचिबमा कल्पना देवी राई, सहसचिबमा उर्मिला राई, कोषाध्यक्षमा अनिता राई र सह–कोषाध्यक्षमा मिरा राई चयन हुनुभएको छ । सदस्यमा संगम राई, दिपक राई, रन्जु राई, सारंगी राई, राम राई, शान्ति राई, रमिला राई, प्रकाश राई, भाबिषा राई, शान्ति राई, राजेश राई, लब राई, प्रदिप राई, सूर्य राई, नन्द बल राई र दिपेन्द्र राई चयन भएका छन् ।

Exit mobile version